punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘रिटर्नी फेडेरेशन नेपाल’ कैलालीको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा चुनिए ऐर

Chaupati
safha napa

नेकपा एमालेको कान्छो जन वर्गीय सङ्गठन ‘रिटर्नी फेडेरेशन नेपाल’ कैलालीको प्रथम अधिवेशन घोडाघोडीमा सम्पन्न भएको छ ।

घोडाघोडी नगरपालिका १ सुखडमा सम्पन्न भएको अधिवेशनले दीपक ऐरको अध्यक्षतामा नयाँ कमिटी समेत गठन गरेको छ । जसको उपाध्यक्षमा लक्ष्मि कँडेल,रमेश सापकोटा, सचिवमा नारायण ओली सहित २१ सदस्य चयन भएका छन् ।

रिटर्नी फेडेरेसन नेपाल कैलालीका अध्यक्ष हुकुम बोहराको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा प्रमुख अतिथि नेकपा एमालेका कैलालीका उपसचिव ममता प्रसाद चौधरी रहेका थिए । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य खगेन्द्र ठकुल्लाले पनि धारणा राखेका थिए ।


३ चैत २०७९, शुक्रवार २१:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु