वन मुद्दा, सवारी ज्यान र चोरी कसुर फरार रहेका कैलालीका बिभिन्न ठाउँबाट पक्राउ
कैलालीमा वन मुद्दाका फरार चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिना इजाजत वन पैदावार हटाएको मुद्दामा फरार रहेका गोदावरी नगरपालिका–२ का रुपेश थापा, ललित ओली, अर्जुन बोहरा र भानु ओलीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको डिएसपी कुलदीप चन्दले बताए।
जिल्ला अदालत कैलालीले उनीहरु माथि जनही ८३ हजार ९ सय ७० जरिवाना तोकेको थियो। तर,उनीहरु सम्पर्क विहीन रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै सवारी ज्यान र चोरी कसुर सम्बन्धि मुद्दाका थप २ जना फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका फरार प्रतिवादीलाई कैद भुक्तानका लागि प्रहरीले जिल्ला अदालतमा बुझाइसकेको छ।
३ चैत २०७९, शुक्रवार १७:२३ बजे प्रकाशित






























