punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरको चुरे बस्तीमा खानेपानीको चरम अभाव , पिउने पानी भर्न आधा घण्टा कुर्न बाध्य छन् स्थानीय

Chaupati
safha napa

कञ्चनपुरमा खानेपानीमाको समस्या भएपछि स्थानिय चिन्तित बनेका छन्।

जिल्लाको बेदको नगरपालिका–२ स्थित चुरे नजिकै रहेको बस्तीमा खानेपानी अभाव हुँदा स्थानीय समस्यामा परेका छन्। स्थानीय धनबहादुर चौधरीले वर्षौंदेखि खानेपानीको समस्या झेलिरहेको बताए। ‘यहाँका खानेपानीको ट्याङ्की बन्न लागेको चार÷पाँच वर्ष भयो अहिलेसम्म बन्न सकेको छैन।

उनले भने, ‘खानेपानी नहुँदा गाईवस्तु पाल्नसमेत मुस्किल हुनेगरेको छ। उनले यहाँको मुक्तकमैया शिविरमा झन् समस्या परेको बताए। खोलाबाट आएको दुई÷तीनवटा धारा भए पनि त्यहाँ पानीका लागि घण्टौँ लाइन बस्नुपर्ने उनले बताए।

जेठ÷असारसम्म यहाँ खानेपानीको हाहाकार नै हुन्छ, उनले भने पानी अभावकै कारण यहाँको खेत पनि बाँझो छ। ‘पानी भर्नका लागि यहाँ साँझबिहान घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीय यशमती चौधरीले बताए। पानीको अभावले खेतबारी सबै बाँझो छ गाईवस्तु पाल्न सकेका छैनौँ’ उनले भने, खेत बाँझो छोडेर खाद्यान्न किन्न मजदुरी गर्नुपर्ने बाध्यता छ।‘उनले यहाँ मुक्तकमैया पुनस्र्थापना भएदेखि नै खानेपानीको समस्या झेलिरहेको बताए।

पानीकै अभाव हुँदा आफ्नो खेतमा तरकारीसमेत फलाउन नसकेको स्थानीयवासी अनिता थारूले बताईन्। हामीले तरकारीसमेत किनेर खानुपर्ने बाध्यता खानेपानी भइदिएको भए हामी आफ्नो खेतमा थोरै भए पनि उब्जनी गर्ने थियौँ।” उनले भनिन्।

नजिकै खानेपानीको ट्याङ्की बनेको पनि वर्षौं भयो अहिलेसम्म पानी खान पाएका छैनौँ। बेदकोट नगरपालिका–२ का वडाअध्यक्ष नरेशबहादुर सिंहले यहाँ खानेपानी योजना अन्तिम चरणमा रहेकाले नयाँ वर्षदेखि धारामा पानी छोड्ने तयारीका साथ काम भइरहेको बताए।


३ चैत २०७९, शुक्रवार १७:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु