चैत्र १० गतेसम्म सरकार विस्तार हुन्छः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत्र १० गतेसम्म सरकारले पूर्णता पाउने बताएका छन्।
शुक्रबार लगानी बोर्डको बैठकपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।
उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीनरचार दिनसम्ममा सरकारले पूर्णता पाउने उल्लेख गरे। प्रधानमन्त्री प्रचण्डले शुक्रबार उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सरकार विस्तारका बारेमा पनि छलफल गर्ने बताए।
‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु। विश्वासको मत ६ गते लिने भनिएको नै छ। त्यसको ४ दिनभित्रमा सरकारलाई पूर्णता दिन्छु’, प्रधानमन्त्री प्रचण्डले भने।
प्रधानमन्त्री प्रचण्डले सरकार विस्तार हुन कुनैपनि अफ्ठ्यारो नरहेको समेत बताए।
३ चैत २०७९, शुक्रवार १६:५२ बजे प्रकाशित































