punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महेन्द्रनगरबाट दिल्ली जाने बसलाई भारतीय पक्षको अवरोध

Chaupati
safha napa

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट भारतको दिल्ली जाने ‘नेपाल–भारत मैत्री बस सेवा’ लाई भारतीय पक्षले अवरोध गरेको छ।

शारदा ब्यारेज नजिक भारतीय ट्याक्सी व्यवसायीहरुले नेपाली नम्बर प्लेटका बस रोकेर यात्रु ओरालेका छन्। नेपाली प्रशासनले भारतीय नम्बर प्लेटका ट्याक्सीहरुलाई महेन्द्रनगर प्रवेश गर्न नदिएको उनीहरुको आरोप छ।

केही दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले व्यवसायीहरुको अनुरोधमा भारतीय ट्याक्सीहरुलाई नियन्त्रण गर्ने निर्णय गरेको थियो।

‘भन्सार सुविधामा अन्धाधुन्द ढंगले लामो रुटमा पनि भारतीय ट्याक्सीहरुले यात्रु ओसारिरहेका छन्,’ महाकाली बहु उद्देश्यीय यातायात प्रालिका उपाध्यक्ष विष्णु कँडेलले भने, ‘त्यसले एकातर्फ नेपाली व्यवसायी मारमा परेका छन् भने अर्कोतर्फ सुरक्षाको सवाल पनि भएकाले महेन्द्रनगर बाहिर जाँदा नियन्त्रण गर्न प्रशासनलाई अनुरोध गरिएको हो।’

नेपाल घुम्न आउने पर्यटक र सीमावर्ती बजारबाट सञ्चालित ट्याक्सीहरुको हकमा भने प्रशासनलाई त्यस्तो अनुरोध नगरिएको व्यवसायी कँडेलले बताए।

हिजो सीमा क्षेत्रमा मैत्रीपूर्ण बस सेवालाई भारतीय व्यवसायीहरुले अवरोध सिर्जना गरेपछि महाकाली बहुउद्देश्यीय प्रालिका अध्यक्ष डम्बर पन्त नेतृत्वको टोली शुक्रबार सीमावर्ती बजार बनबसा पुगेको थियो।

पन्त नेतृत्वको टोलीले त्यो प्रशासनिक निर्णय भएको र सीमावर्ती बजारका व्यवसायीलाई मर्का नपर्ने ढंगले प्रशासनसँग सहजीकरण गर्ने प्रतिवद्धता जनाएको छ।

भारतीय व्यवसायीहरुले नेपाली प्रशासनले ट्याक्सी प्रवेशमा रोक लगाएमा आफूहरुले पनि नेपाली बसमा अवरोध गर्ने जनाएका छन्।


३ चैत २०७९, शुक्रवार १६:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु