राष्ट्रिय युवा सङ्घको मोहन्याल गाउँ कमिटी गठन, अध्यक्षमा टमट्टा
कैलाली । राष्ट्रिय युवा सङ्घ नेपालको मोहन्याल गाउँ कमिटी गठन गरिएको छ । राष्ट्रिय युवा सङ्घ नेपाल कैलाली अध्यक्ष शिवराज चन्दको प्रमुख आतिथ्ययतामा भएको अधिवेशनले नयाँ कमिटी गठन गरेको हो ।

दानबहादुर टमट्टाको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कमिटी तयार भएको छ । जसको उपाध्यक्षमा प्रकाश माझी सचिवमा नेत्र बोहरा, कोषाध्यक्षमा विर्मा थापा रहेका छन् ।
सहसचिवमा अनिल रावल र वर्षा डाँगी विक चयन भएका छन् ।
मोहन्याल गाउँपालिका ७ कुइनेमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको जिल्ला अध्यक्ष चन्दले जानकारी दिए ।

१ चैत २०७९, बुधवार ०७:०० बजे प्रकाशित






























