punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटी जिप दुर्घटना : हेलिकप्टर मार्फत नेपालगन्ज लगिएकी घाइतेको मृत्यु

Chaupati
safha napa

कैलाली ।डोटीमा भएको जिप दुर्घटनामा परि घाइते भएकी एक महिलाको मृत्यु भएको छ । मङ्गलवार बिहान भएको जिप दुर्घटना परि गम्भीर घाइते भएकी ६५ बर्सिया धौली बिस्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देवेन्द्र जोशीले जानकारी दिए ।

उनको कोहलपुर मेडिकल कलेज नेपालगन्जमा मङ्गलवार साँझ उपचारका क्रममा मृत्यु भएको हो ।

मङ्गलवार बिहान सिलगढी स्थित अदालत मोड नजिक भएको जिप दुर्घटनामा परि उनी सहित ६ जना घाइते भएका थिए । सिलगढीबाट दिपायल जाँदै गरेको सु।प्र।प ०१००१ ज १२५९ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको सु।प्र।प ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

घाइते मध्य गम्भीर घाइते जिपमा सवार मृतक विष्ट र मोटरसाइकल चालक विष्णु बोहरालाई नेपाली सेनाको हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज नेपालगन्ज रेफर गरिएको थियो । घाइते बोहराको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा परी घाइते भएका अन्य ४ जनालाई पनि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।


३० फागुन २०७९, मंगलवार १८:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु