punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१५ बर्ष पछि एमालेमै फकिए राष्ट्रिय दलित मुक्ति अभियानका केन्द्रीय अध्यक्ष प्रेम बिसी

Chaupati
safha napa

कैलाली । राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष प्रेम बिसी १५ बर्ष पछि एमालेमा फर्किएका छन् ।
२०६४ सालमा एमाले छोडेका बिसी आज एक कार्यक्रममा बिच एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट, पोलिटब्युरो सदस्य गणेश ठगुन्ना, एमाले सल्लाहकार परिषद सदस्य डिल्लीराज भट्ट, कैलाली जिल्लाका कार्यबहाक अध्यक्ष दुर्गा जोशी, धनगढी नगर अध्यक्ष राम चन्द्र जोशी लगायतले स्वागत गरेका थिए ।
एमाले फर्किएसँगै उनले देशको एक मात्र राष्ट्रियता बोकेको पार्टी एमाले मात्रै रहेको बताए । उनी सम्बोधनका क्रममा भाबुक समेत भएका थिए ।
‘०४८÷०४९ हामीले धेरै दुख गरेर का थियौँ । राष्ट्रयताको अडानमा सबैले गर्भ गर्ने पार्टी भएको छ । अत्यन्त खुसी लागेको छ । आज म पनि आफ्नो पुरानो घरमा फर्किएको छु’ उनले भने, ‘धेरै खुसी छु । अब यो घर अझै बलियो बनाउनु छ । ’

No description available.
उनले एमालेलाई पहिलो शक्ति बनाउने गरि अभियान थाल्ने बताए । बिभिन्न समयमा एमाले छोडेकाहरू र अन्य पार्टीमा रहेकाहरूलाई पनि एमाले फर्किन उनले अपिल गरेका थिए ।
देशै भरी राष्ट्रिय दलित मुक्ति अभियानका जोडिएका सबै एमालेमा फर्किने उनले विश्वास व्यक्त गरेका थिए ।

No description available.
राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष प्रेम बिसीसँगै ३९१ जना एमाले फर्किएका थिए ।

No description available.


३० फागुन २०७९, मंगलवार १४:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु