punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल टस हारेर ब्याटिङमा, भुर्तेल टिममा फर्किए

Chaupati
safha napa

क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजबाट सुरु हुन गइरहेको नेपाल, पपुवा न्युगिनी (पीएनजी) र यूएईबीचको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले सुरुवाती ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्ता पाएको हो।

नेपालले घरेलु मैदानमा पीएनजीसँग र यूएईसँग कूल ४ खेल खेल्नेछ। जसमा शतप्रतिशत जित निकाल्न सके सोझै शीर्ष ३ मा रहेर विश्वकप छनोट खेल्ने अवसर पाउनेछ भने कम्तीमा दुई खेल जित्नुपर्नेछ एकदिवसीय मान्यता जोगाउनका लागि।

पपुवा न्युगिनी र नेपाल अघिल्लो साता यूएईमा सम्पन्न त्रिकोणात्मक सिरिजमा पनि प्रतिस्पर्धा गरेर आएका हुन्। जसमा नेपालले दुई खेल खेल्दा दुबै खेलमा जित निकाल्न सफल भएको थियो।

यी दुई टोलीबीचका पछिल्ला पाँच खेलको कुरा गर्दा नेपालले तीन र पीएनजीले २ खेल जित निकालेका छन्।

नेपालको प्लेइङ ११ मा यूएईमा चोटका कारण बाहिरिएका कुशल भुर्तेल फर्किएका छन्। अघिल्लो खेल खेलेका प्रतिश जिसी भने बेन्चमा छन्।

नेपालको प्लेइङ ११

रोहित कुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आशिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, सन्दीप लामिछाने


२५ फागुन २०७९, बिहीवार ०९:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु