चर्को ब्याजदर विरुद्ध धनगढीमा उद्योगी व्यवसायीको आन्दोलन (तस्बिरहरू)
कैलाली । बैङ्कहरूले लिइरहेको चर्को ब्याजदर विरुद्ध सुदूरपश्चिमका उद्योगी व्यवसायीहरू आन्दोलित छन् ।
बिहान ११ बजे सम्म बजार बन्द गरेर सरकारलाई दबाब दिइरहेका यहाँका उद्योगी व्यवसायीहरूले आज बैङ्कहरूमा कारोबार नगर्ने भएका छन् । कैलालीमा पनि सशक्त रूपले आन्दोलन अघि बढिरहेको छ ।
बिहान ९ बजे देखी धनगढीको चटकपुरबाट चौराहा हुँदै पार्क मोडमा विरोध ¥याली निकालिएको थियो । पार्क मोडमा आयोजित कोणसभामा व्यवसायीहरूले तत्काल ब्याजदर घटाउन माग गरेको थिए ।
कैलालीमा भइरहेको यस्तै आन्दोलन सुदूरपश्चिम प्रदेशका सबै जिल्ला तथा नगरहरूमा भइरहेको छ । सरकारले तत्काल ब्याजदर घटाउनु पर्ने कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवरले बताए ।










१८ फागुन २०७९, बिहीवार ११:१७ बजे प्रकाशित































