punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ड्युटीमै बेहोस भएर कैलालीका एक प्रहरीको बैतडीमा मृत्यु

Chaupati
safha napa

कैलालीको कैलारी गाउँपालिका ७ रतनपुरका एक प्रहरीको बैतडीमा मृत्यु भएको छ ।

बैतडीको मेलौली नगरपालिका २ सलेना प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवलदार नवीन चौधरीको ड्युटीको क्रममा एक्कासि बेहोस भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

‘आज दिउसो ड्युटीको क्रममा एक्कासि बेहोस भए, उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउदा डाक्टरले मृत्यु घोषणा गरे,’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
भोली शव परिक्षण गर्ने तयारी छ ।


१७ फागुन २०७९, बुधवार २०:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु