बौनियाको आर एन सी ट्रेडिङ्ग मा कर कार्यालय को छापा,आवश्यक कागजात नियन्त्रणमा
कैलालीको बौनियामा रहेको आर एन सी ट्रेडिङमा कर कार्यालय धनगढीले छापा मारेको छ । अनधिकृत ढंगले कार्यालय खोलेर स्थानीयले ठगेको आरोप लागेपछि कर कार्यालयले आज छापा मारेको हो ।
केही दिन पहिलो यस बिषयमा समाचार संकलन गर्न गएका पत्रकार टिकाराम साउदलाई यस कार्यालय व्यक्तिहरूले नियन्त्रणमा लिएका थिए । उक्त समाचार पछि आज छापा पारिएको हो ।
कार्यालयका कर अधिकृत विद्युत चुडेलसहितको टोलीले कार्यालयमा छापा हानी महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । हामीले यस कम्पनीले कर छली गरेको ,पिरामिड शैलीमा व्यापार गरेको ,अनुमती बेगर बस्तु उत्पादन गरि बिक्री गर्ने गरेको लगाएतका सूचना प्राप्त गरि बुधबार छापा मारेका हौ, कर अधिकृत चुडालले भने आवश्यक कागजात नियन्त्रणमा लिएका छौ यसको अनुसन्धान प्रक्रिया अगाडि बढाउँछौ । सोअनुसार काम कारबाही अगाडि बढाउँछौ ।
यस कार्यालयबाट मात्रै करिब २ हजार जनाले अनिवार्य सदस्यता लिएका छन् । जसमा स्थानीयको सङ्ख्या अति न्यून देखिन्छ । अधिकांश मात्रामा बाहिरी जिल्लाबाट तालिम लिन यहाँ आउने गरेका छन् । संस्थाले बाहिरी जिल्लाबाट आउनेहरूबाट आवासका लागी १० हजार रुपैयाँ अनिवार्य रूपमा उठाउने गरेको छ । भने प्रायले १० हजार रुपैयाँ तिरेर सदस्यता लिएका छन् । यसलाई आधार मान्दा औषधमा एक जनाले २० हजार रुपैयाँ संस्थालाई बुझाएको देखिन्छ ।
२ हजार जनाले २० हजारका दरले संस्थालाई रकम बुझाउँदा करिब ४ करोड रकम सङ्कलन हुने देखिन्छ । अनिवार्य सदस्यता लिने भन्दा रिटेलमा बढी सामान बिक्री हुने कार्यालयको दाबी छ । यसको अर्थ उसले थप रकमहरू समेत आम्दानी गर्छ ।
खरिदकर्ताबाट करोडौँ रकम सङ्कलन गर्ने गरेको यस कार्यालयले राज्यलाई कर भने तिर्दैन । नत खरिदकर्ताको २० हजार रुपैयाँ बैङ्क मार्फत लिन्छ नत करको दायरमा आएको छ । व्यवस्थापक ऐरीका अनुसार उनीहरूले होस्टेल समेत सञ्चालन गरेका छन् । बाहिरी जिल्लाबाट आउनेहरू ३ महिना देखी एक वर्ष सम्म पनि यसै कार्यालयको होस्टेलमा रहेर काम गर्न सक्छन् । तर होस्टेल सञ्चालनको कानुनी प्रक्रिया भने पुरा गरेका छैनन् अथवा दर्ता बिनै होस्टेल चलाएका छन् । जसबाट ठुलो मात्रामा राजस्व छली भएको प्रस्ट देखिन्छ ।
१७ फागुन २०७९, बुधवार २०:०६ बजे प्रकाशित































