punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा चर्को ब्याजदरविरुद्ध सुरु भयो उद्योगी व्यवसायीको आन्दोलन

Chaupati
safha napa

कैलाली । बैङ्क तथा वित्तीय संस्थाहरूले लिइरहेको चर्को ब्याजदरविरुद्ध कैलाली लगायत सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका उद्योगी व्यवसायीहरू आन्दोलित भएका छन् । आज यहाँका सबै जिल्लामा ११ बजे सम्म बजार बन्द गरेर उद्योगी व्यवसायीहरूले आन्दोलन सुरु गरेको जनाएका छन् ।

आज एक कार्यक्रमका बिच कैलाली उद्योग वाणिज्य सङ्घले ११ बजेसम्म बजार बन्द गरेर आन्दोलनको सुरु भएको जानकारी दिएको छ । कैलालीको धनगढीबाट उद्योगी व्यवसायीहरूले विरोध ¥याली समेत निकालेका थिए । पार्क मोडमा ¥याली कोण सभामा परिणत भएको थियो । बिभिन्न उद्योगी व्यवसायीहरूले सरकारले तत्काल चर्को ब्याजदर घटाउन माग गरेका थिए

१८ गते व्यवसायीहरूले बैङ्कमा कारोबार नगर्ने ‘नो डिपोजिट’ मार्फत विरोध जनाउने तयारी छ । त्यस्तै २० गते सङ्घर्ष समिति निर्माण गर्ने र आन्दोलन अघि बढाउने कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशले जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घहरूसँगको समन्वयपछि आन्दोलनका कार्यक्रम तय गरिएको थियो । सोहीअनुसार कैलाली जिल्लामा आजबाट आन्दोलन हुन लागेको हो ।


१५ फागुन २०७९, सोमवार १४:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु