punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमालेका नेताहरूले आजै राजीनामा दिने

Chaupati
safha napa

काठमाडौँ( नेकपा एमालेका नेताहरूले आजै राजीनामा दिने भएका छन्।

सोमबार बिहान च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका हुन्। मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामापत्र बुझाउनेछन्।

एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने भएको छ।

राष्ट्रपति निर्वाचनमा एमाले र माओवादीबीच सहमति बन्न नसकेपछि एमालेले तत्काल समर्थन फिर्ता नलिने र मन्त्रिपरिषदमा रहिरहने निर्णय गरेको ७२ घन्टामै उसले आफ्नो निर्णय फेरेको हो।

आइतबार परराष्ट्रमन्त्री बिमला पौडेल राईलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अपमानजनक तरिकाबाट जेनेभा जानबाट रोकेपछि त्यसले एमालेलाई प्रभावित गरेको एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए।


१५ फागुन २०७९, सोमवार १३:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु