punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काठमाडौँबाट तारतम्य मिलाएर फर्किए मुख्यमन्त्री शाह , कहिले लिन्छन् विश्वासको मत ?

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाह काठमाडौँबाट फर्किएका छन् । उनी विश्वासको मतको आधार नबाउन केही दिन पहिले काठमाडौँ पुगेका थिए । शीर्ष नेताहरूलाई भेटेर फर्किएका शाहले अझै विश्वासको मत लिने मिति निर्धारण गर्न सकेका छैनन् ।

‘नेताहरूसँग कुरा भइरहेको छ उहाँहरू बस्नुहुन्छ र हामीलाई डेट दिनुहुन्छ’ उनले भने ।
माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले फागुन २५ सम्म विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ । केन्द्रमा फेरिएको गठबन्धनले सुरक्षित रहेका शाहले अहिले सम्म विश्वासको मत लिने मिति भने पक्का गरेका छैनन् ।

कांग्रेस स्रोतका अनुसार १८ देखी २० भित्र उनले विश्वासको मत लिने तयारी गरेका छन् ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९ सांसद छन् । पछिल्लो गठबन्धनले माओवादी र नागरिक उन्मुक्ति पनि कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल भएपछि शाह सुरक्षित भएका हुन् । उहाँ माओवादीका सभामुख सहित ११ र नागरिक उन्मुक्तिका ७ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् ।

सुदूरपश्चिममा आठ दलीय गठबन्धनमा नरहेको एमालेका १० र राप्रपाका १ सांसद छन् । पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले माघ २६ मा विश्वासको मत नपाएपछि राजीनामा दिएका थिए ।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार कांग्रेस संसदीय दलको नेता शाह सोही दिन मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।


१५ फागुन २०७९, सोमवार १३:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु