बझाङमा करेन्ट लागेर एक युवकको मृत्यु
बझाङ । बझाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–६ पुजारी गाँउका २५ वर्षीय कृष्ण पुजाराको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो।
उनको घर नजिकको गाडघट्ट खोलामा बिद्युतको तार जोडेर माछा मार्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
१५ फागुन २०७९, सोमवार ११:०५ बजे प्रकाशित






























