punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चर्को ब्याजदर विरुद्ध आजबाट आन्दोलन सुरु

Chaupati
safha napa

बैङ्क तथा वित्तीय संस्थाको ब्याजदरविरुद्ध सुदूरपश्चिम प्रदेशका उद्योगी व्यवसायीहरूले आजबाट आन्दोलन सुरु गर्न थालेका छन्। उनीहरुले ब्याजदर नघटाउँदासम्म चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका हुन्।

कैलाली उद्योग वाणिज्य सङ्घले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा आजबाट प्रदेशका सबै जिल्लामा एकैप्रकारको आन्दोलन गर्ने जनाइएको हो ।

आज बिहान ११ बजेसम्म बजार बन्द गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । उक्त समयमा विभिन्न निकायहरूमा विरोध प्रदर्शन गर्ने उद्योग वाणिज्य सङ्घले तयारी गरेको छ । १८ गते व्यवसायीहरूले बैङ्कमा कारोबार नगर्ने ‘नो डिपोजिट’ मार्फत विरोध जनाउने तयारी छ । त्यस्तै २० गते सङ्घर्ष समिति निर्माण गर्ने र आन्दोलन अघि बढाउने कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशले जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घहरूसँगको समन्वयपछि आन्दोलनका कार्यक्रम तय गरिएको थियो । सोहीअनुसार कैलाली जिल्लामा आजबाट आन्दोलन हुन लागेको हो ।


१५ फागुन २०७९, सोमवार ०७:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु