punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादी प्रदेश पदाधिकारीको बैठक आज तेस्रो दिन पनि बस्दै, एक दर्जनलाई कारबाही र तीन दर्जनलाई मनोनीत गर्ने तयारी

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेश माओवादी पदाधिकारी बैठक आज पनि  बस्ने भएको छ । । पदाधिकारी बैठकको आज तेस्रो दिन हो । हिजै बैठक सक्ने तयारी गरिएको भएपनि बैठक आज सम्म लम्बिएको हो ।
बैठकमा अन्य पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेर आएकाहरूको व्यवस्थापन, सचिवालय गठन र सरकारका बिषयमा छलफल भइरहेको छ ।

अन्य पार्टीबाट माओवादीमा आएकाहरूलाई मनोनीत गर्ने र माओवादी त्यागेका तथा निर्वाचनमा अन्तर्घात गरेकाहरूलाई कारबाही गर्ने सूचि लामो हुँदा बैठक आज सम्म लम्बिएको हो ।
आज करिब एक दर्जनलाई कारबाही गर्ने र करिब तीन दर्जन मनोनीत हुने सम्भावना रहेको छ ।
बैठकमा प्रदेश सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने बिषयमा पनि छलफल भएको थियो । तर, यस बिषयमा आज पनि ठोस निर्णय नहुने बुझिएको छ ।

‘यो केन्द्रबाटै निर्धारण हुने बिषयमा भएको हुँदा प्रदेशमा निर्णय नहुन सक्छ’ एक पदाधिकारीले भने ‘तर, सरकारलाई विश्वासको मत दिने र नदिने भन्ने बिषयमा भने गम्भीर छलफल भइरहेको छ।’

सुदूरपश्चिम प्रदेशमा माओवादीले विश्वासको मत दिन सक्ने अनुमान कांग्रेसका नेताहरूले गरिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई र केही माओवादीले पाएको प्रदेशमा कांग्रेसले पनि विश्वासको मत दिएको हुँदा यहाँ कांग्रेस सरकारलाई माओवादीले विश्वासको मत दिने अनुमान गरिएको हो ।

तर, माओवादीले भने यस बिषयमा अझै ठोस निर्णय गरिसकेको छैन । नागरिक उन्मुक्तिले आफ्नो माग सम्बोधन नहुँदा सम्म विश्वासको मत दिन नसकिने बताएको छ। माओवादीले पनि विश्वासको मत नदिएको अवस्थामा सरकार एक महिनामै ढल्ने देखिएको छ ।

यस अघिको एमाले सरकार पनि विश्वासको मत नपाएर एक महिनामै ढलेको थियो ।


१० फागुन २०७९, बुधवार ०८:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु