punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज जनयुद्ध दिवस, सरकारले दियो सार्वजनिक बिदा

Chaupati
safha napa

काठमाडौं । जनयुद्ध दिवसको अवसरमा आज फागुन १ गते सरकारले आज सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको यो पहिलो पटक हो ।

‘विसं २०७९ साल फागुन १ गते सोमबारका दिन जनयुद्ध दिवसको अवसरमा नेपाल राज्य भर बिदा दिने नेपाल सरकार, मन्त्रिपरिषद्बाट २०७९ माघ २९ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ’, गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको कर्णाली र बाग्मती प्रदेशले पनि जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिन निर्णय गरिसकेका थिए । सो प्रदेश अन्तर्गतका कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय भएको हप्ता दिनमा नै संघीय सरकारले

संघीय सरकारले तोकेको बिदा बाहेक प्रदेश सरकारले आफ्नो प्रदेशमा ६ वटासम्म अलग बिदा दिन पाउने अधिकार छ ।


१ फागुन २०७९, सोमवार ०७:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु