punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अरुण चौधरीको मुद्दामा आज पनि अन्तरिम आदेश जारी भएन, दुई रिटमा एकसाथ बहस

Chaupati
safha napa

कैलाली । निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरीको मुद्दामा उच्च अदालत दिपायलले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

बन्दी प्रत्यक्षीकरण रिट देश बहादुर सार्कीको इजलासमा परेको थियो । उक्त मुद्दामा उच्च अदालत दिपायलले लिखित जवाफ माग गरेको छ । बन्दी प्रत्यक्षीकरण रिट २७ गते दायर गरिएको थियो । गम्भीर सिंह ऐर र गजेन्द्र केसीले बहस गरेका थिए ।

१९ गते बाँकेबाट पक्राउ गरेका कैलाली २ बाट निर्वाचित चौधरीलाई रिहाको माग गर्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश रिट दर्ता गरिएको थियो । उक्त मुद्दामा पनि आज बहस भएको थियो । गणेश ठाकुरको इजलासमा रहेको मुद्दामा सरोज बुढाथोकी, गम्भीर सिंह ऐर र गजेन्द्र केसीले बहस गरेका थिए ।

अर्को पेसी ३ गतेलाई तोकिएको छ । ३ गते चौधरीको पनि बयान लिने तयारी गरिएको छ ।
२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा अरुण चौधरीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।

सोही मुद्दामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित पर्सराम चौधरी र वीरबहादुर चौधरीलाई जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले १९ गते पक्राउ गरेको थियो ।


२९ माघ २०७९, आइतवार २०:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु