punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पल शाह प्रकरण : दुवै पक्षलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालत पोखराको आदेश

Chaupati
safha napa

बाल यौन दुरुपयोगमा कैद जीवन बिताइरहेका पल शाह ९पूर्णविक्रम शाह० लाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालत पोखराले आदेश दिएको छ।

जिल्ला अदालत पूर्वी नवलपरासीले बाल यौन दुरुपयोगमा दोषी ठहर गरेपछि उक्त फैसलाविरुद्ध शाह उच्च अदालत पोखरा पुगेका थिए।

शाहको रिटको सुनवाइ गर्दै सोमबार उच्च अदालत पोखराले शाह र पीडित भनिएकी बालिका दुवैलाई १५ दिनभित्र अदालत उपस्थित गराउन आदेश दिएको हो।

न्यायाधीश डिल्लीराज आचार्य र ऋषि राजभण्डारीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। बलात्कार मुद्दामा शाहलाई सफाइ दिँदै पूर्वी नवलपरासी अदालतले बाल यौन दुरुपयोगमा भने दोषी ठहर गरेको थियो। उक्त मुद्दामा दोषी ठहर शाहलाई साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्तिवापत तिराउने फैसला गरेको थियो।

उक्त फैसलाविरुद्ध शाह उच्च अदालत पुगेका थिए। शाहविरुद्ध जिल्ला अदालत तनहुँमा परेको बलात्कारको मुद्दामा भने उनले सफाइ पाएका थिए।


२३ माघ २०७९, सोमवार १७:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु