punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतीय पक्षले शारदा ब्यारेजको ढोका खोल्दा महाकालीमा फसेका २० जनाको उद्धार

Chaupati
safha napa

कैलाली । नेपाली पक्षसँग समन्वय नगरेरै भारतीय पक्षले शारदा ब्यारेजको ढोका खोल्दा महाकालीमा फसेका २० जनाको उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महाकालीमा फसेका८ जना ट्याक्टर चालक सहित २० जना मजदुरको उद्धार गरेको हो।

भारतीय पक्षले शारदा ब्यारेजको नेपालतर्फको ढोका खोल्दा नदीको बहाव बढेर भीमदत्त नगरपालिका–११ भुजेलामा गिट्टी, बालुवा ढुवानीका लागि ट्याक्टर लिएर गएका चालक र मजदुर फसेका थिए ।

भारतीय पक्षलाई ढोका बन्द गर्न आग्रह गरेर उनीहरूलाई जेसीवी मार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।

उनले प्रहरीलाई भारतीय पक्षलाई ढोका बन्द गर्न लागेको बिषयमा कुनै जानकारी नभएको समेत जनाए । भारतीय पक्षले बारम्बार पूर्व जानकारीबिनै अनावश्यक रुपमा पानी नेपालतर्फ छोड्ने गरेको छ।

ण्


१६ माघ २०७९, सोमवार १४:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु