punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एक युवकले श्रीमती र छोरालाई पेट्रोल छर्केर आगो लगाउँदा छोराको मृत्यु, श्रीमती गम्भीर

Chaupati
safha napa

बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र श्रीमतीलाई आगो लगाउँदा छोराको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन् ।

आइतबार साँझ कोहलपुर–१ शान्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त विकले घरायसी झगडामा श्रीमती गंगा विक र २ वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका हुन् ।

बुवाले लगाएको आगोले जलेर प्रिन्सको मृत्यु भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्ती मगरले बताए । जलेर गम्भीर घाइते भएका दुई वर्षीय बच्चा प्रिन्सको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आज बिहान मृत्यु भएको घर्ती मगरले जानकारी दिए ।

गंगा विकको घाँटी र ढाडमा जलेको छ । उनको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार हुँदै छ । आरोपीलाई भारततर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । दिल्ली जाने बस चढेर भागेका भानुभक्तलाई गए राति पक्राउ गरिएको र घटनाको अनुसन्धान थालिएको डिएसपी घर्तीले बताए ।

कोहलपुर नगरपालिकाकी उपमेयर संगीता सुवेदीका अनुसार भानुभक्तले एक वर्ष अगाडिदेखि नै श्रीमती गंगालाई कुटपिट गर्दथे । आइतबार पनि बिहानैदेखि दुई जनाबीच झगडा भएको थियो । त्यसपछि गंगा आमाजूको घरमा गएर बसेकी थिइन् । साँझ पाँच बजेतिर गंगा माइत जान भनेर हिँडेपछि भानुभक्तले पेट्रोल छ्यापेर आगो लगाइदिएका थिए ।


१६ माघ २०७९, सोमवार १२:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु