punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भूकम्पको हल्लाले रातभर घरबाहिर जाग्राम

Chaupati
safha napa

भूकम्प आउने हल्ला चलेपछि जुम्ला,मुगु र बाजुराका बासिन्दा रातभर बाहिर बसेका छन्।

भूकम्पको हल्ला फैलिएपछि स्थानीय घर छाडेर खेतबारी र सडकमा बस्न बाध्य भएका हुन्। भूकम्प आउँदैछ भन्ने हल्ला चलेपछि कठ्यांग्रिदो चिसोमा मानिसहरू बाहिर बसेका तस्विर सामाजिक सञ्जालमा समेत छ्याप्छ्याप्ती भए।

महिला, बालबालिका तथा वृद्धवृद्धा बढी त्रासमा परे।​ सिमिकोटका नवराज महताराले भूकम्पको हल्ला गर्दै हुम्ला, मुगु र बाजुराका मानिसलाई चिसोमा रातभर घर बाहिर बसाइएको बताए। उनले यसरी हल्ला फैलाउनेलाई कारबाहीका लागि प्रशासनलाई नागरिकले सघाउनुपर्ने उल्लेख गरेका छन्।

जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले भूकम्पबारेको जिज्ञासासहित रातभर फोन आएको बताए। ‘रातभर फोनले हैरान पार्‍यो। मानिसहरूलाई दुःख दिनेको खोजी गरी कारबाही गर्नेछौँ’, उनले भने।

उनले यो हल्लाको पछि नलाग्न र सचेत हुन सुझाव दिए। भूगर्भविद्हरू पनि भूकम्पकोपूर्वानुमान गर्न नसकिने भएकाले त्रासमा पर्न नहुने बताउँछन्।


१६ माघ २०७९, सोमवार ०८:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु