punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सन्दीप लामिछानेलाई पुनः थुनामै राख्नुपर्ने मागसहित महान्यायाधिवक्ता सर्वोच्च अदालत जाने

Chaupati
safha napa

क्रिकेटर सन्दीप लामिछानेलाई पाटन उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएपछि उनी करिब २ हप्ताअघि २० लाख धरौटीमा कारागारबाट रिहा भएका थिए । नाबालिक बलात्कारको गम्भीर अभियोग लागेका सन्दीपलाई पुनः राष्ट्रिय क्रिकेट टोलीमा फर्काउने सम्मका बहस भइरहेको बेला उनीविरुद्ध महान्यायाधिवक्ताको कार्यालय उत्रिएको छ ।

धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा रिट निवेदन हाल्ने भएको हो । सन्दीपलाई पुनः थुनामै राखेर मुद्दाको पुर्पक्ष गनुपर्ने मागसहित महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिने निर्णय भएको बताइएको छ ।

स्रोतका अनुसार उच्च अदालतको आदेश त्रुटिपूर्ण रहेको भन्दै महान्यायाधिवक्ताको कार्यलयले उक्त अदालतका फाइल अध्ययन गरिरहेको र मस्यौदामा थपघटको काम भइरहेको छ ।

प्राप्त प्रमाण तथा बयानबाट आरोप प्रमाणित भएको पनि भन्ने र थुनामा राख्न अनिवार्य छैन पनि भन्ने खालको विरोधाभासी आदेश उच्च अदालतबाट भएकाले सो आदेश कानुनी व्यवस्थाभन्दा बाहिर गएको महान्यायाधिवक्ता कार्यालयको ठहर छ । ३ वर्षभन्दा बढी समय जेल जाने कसुर गरेको प्रमाणित हुँदाहुँदै लामिछानेलाई धरौटीमा छाड्न नहुने सरकारी वकिलहरुको तर्क छ ।


१५ माघ २०७९, आइतवार १५:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु