punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

२०२४ को कोपा अमेरिका फुटबल अमेरिकामा हुने, १६ टिमले प्रतिस्पर्धा गर्ने

Chaupati
safha napa

दक्षिण अमेरिकी महादेशको फुटबलको प्रतियोगिता कोपा अमेरिकाको आगामी संस्करण अमेरिकामा हुने भएको छ।

कुल १६ टोलीले सहभागिता जनाउने प्रतियोगितामा दक्षिण अमेरिकाकाबाट १० टिम हुनेछन् भने उत्तर र मध्य अमेरिकी क्षेत्रबाट ६ टिमले प्रतिस्पर्धा गर्नेछन्।

सन् २०२४ को कोपा अमेरिका आयोजना गर्ने पालो इक्वेडरको भए पनि त्यहाँको सरकारले आयोजना गर्न नसक्ने जनाएपछि दक्षिण अमेरिकी फुटबल संघ कन्मेबोलले अमेरिकालाई प्रतियोगिता आयोजना गर्न अनुमति दिएको हो।

कोपा अमेरिका दोस्रो पटक दक्षिण अमेरिका बाहिर हुन लागेको हो। यसअघि कोपा अमेरिकाको सय वर्ष पूरा भएको अवसरमा २०१६ मा पनि यो प्रतियोगिता अमेरिकामै आयोजना भएको थियो।

पछिल्लो पटक सन् २०२१ मा ब्राजिलमा भएको कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको थियो।

२०२४ को कोपा अमेरिकासँगै महिला फुटबल र क्लब प्रतियोगिता आयोजनाका लागि कन्मेबोल र उत्तर तथा मध्य अमेरिकी फुटबल संघ कोनकाकाफबीच विभिन्न सहमति समेत भएको छ ।

जस अनुसार अब हुने कोपा अमेरिकामा टिम संख्या बढाएर १६ पुर्‍याइनेछ। जसमा दक्षिण अमेरिकी १० टिम स्वत छानिनेछन् भने ६ टिम कोनकाकफबाट हुनेछ। टिमको टुङ्गो हुने २०२३(२४ को कोनकाकाफ नेसन्स लिगबाट लाग्नेछ।

आयोजक भए पनि हालै कतार विश्वकपको अन्तिम १६ मा नेदरल्याण्डसँग पराजित अमेरिका स्वतस् छनोट हुनेछैन।

अमेरिकाले आगामी २०२६ मा मेक्सिकोसँग मिलेर विश्वकप फुटबल आयोजना गर्दैछ।

यस्तै दुई महादेशको फुटबल संघबीच भएको रणनीतिक साझेदारी अनुसार २०२४ को कोनकाकाफ महिला गोल्डकपमा कन्मेबोलबाट ४ आमन्त्रित टिम हुनेछन्। यसमा कूल १२ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै दुवै महादेशबाट २(२ टिम समावेश गरी २०२४ मा चार टिमको नयाँ क्लब प्रतियोगिता समेत गर्ने भएको छ।


१५ माघ २०७९, आइतवार ०८:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु