punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विद्यालयमा मन्दिर निर्माण गर्न ढुङ्गानाको सहयोग

Chaupati
safha napa

कैलालीको घोडाघोडी नगरपालिका वाडा नम्बर ३ नारायणपुरमा रहेको मोहन्याल आधारभूत विधालयमा मन्दिर निर्माण गर्न विद्यालयका विद्यार्थी अविभावक संघका अध्यक्ष देवराज ढुङ्गानाले आर्थिक सहयोग गरेका छन्।

बिहिवार विद्यालयले आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा अध्यक्ष ढुङ्गानाले नगद ५ हजार ५५ रुपैयाँ विद्यालयका प्रधानाध्यापक राजाराम चौधरीलाई हस्तान्तरण गरेका हुन्।

विद्यालयमा लामो समयदेखि निर्माणाधिन मन्दिर रकमको अभावले पूरा हुन सकेको छैन्। लामो समयदेखि विद्यालयमा सरस्वतिको मन्दिर नहुँदा सरस्वती पूजा गर्न समस्या हुँदै आएकाले सक्दो सहयोग गरेको ढुङ्गानाले बताए। कार्यक्रममा विद्यालयका पूर्व व्यवस्थापन समिति सदस्य पदमराज गौतमले १ हजार १ सय ५ रुपैयाँ सहयोग सहयोग गरेका छन्।


१२ माघ २०७९, बिहीवार १५:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु