punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कुरान जलाएपछि टर्कीका राष्ट्रपति स्विडेनसँग आक्रोसित

Chaupati
safha napa

टर्कीका राष्ट्रपति रजेप तैयप एर्दोगानले सोमबार स्विडेनको राजधानी स्टकहोममा कुरान जलाएको प्रति कडा निन्दा गरेका छन्।

उनले कुरानको प्रति जलाउँदैमा स्विडेनले नेटोमा सामेल हुने सपनाका लागि टर्कीले सहयोग गर्ला भन्ने भ्रममा नपर्न समेत स्विडेनलाई चेतावनी दिए।

पछिल्लो समय युक्रेनमाथि रुसले गत वर्ष हमला गरेपछि स्विडेन र फिनल्यान्डले अमेरिका तथा युरोपियन देशको सैन्य संगठन नेटोको सदस्यता लिने कोसिस गरिरहेका छन्।

यी दुवै युरोपियन देशले औपचारिक रूपमा नेटोको सदस्यका लागि आवेदन दिएका छन्। तर टर्कीले नेटो सदस्यका रूपमा आफ्नो भिटो शक्तिको प्रयोग गर्दे दुवै देशको आवेदन रोकेको छ।

जसको विरोधमा स्विडेनमा टर्कीका विरुद्ध प्रदर्शन हुँदै आएको छ। स्टकहोममा टर्कीको दूतावास बाहिर इस्लाम धर्मको पवित्र ग्रन्थका रूपमा रहने कुरानको प्रति जलाउँदै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्। साथै उनीहरूले टर्कीका राष्ट्रपतिको पुत्सासमेत जलाउँदै आएका छन्।

 


१० माघ २०७९, मंगलवार १४:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु