punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेसले मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने

Chaupati
safha napa

नेपाली कांग्रेसले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने बताएको छ । विश्वासको मत लिन आज कसको प्रदेशसभा बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताए ।

उनले जसपा नेतृत्वको सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने बताएका छन् । बुधबार प्रदेशसभाको बैठकमा बोल्दै सांसद यादवले कांग्रेसले वर्तमान सरकारलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका हुन् ।

उनले सत्तारुढ गठबन्धनको पर्याप्त बहुमत हुँदाहुँदै कांग्रेसले मत दिँदै प्रतिपक्षी बेञ्चमा बसेर भूमिका निर्वाह गर्ने बताए । सांसद यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।


४ माघ २०७९, बुधवार १४:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु