punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीकी ईश्वरी न्यौपानेलाई कांग्रेसले सभामुखको उम्मेदवार बनाउने तयारी

Chaupati
safha napa

कैलाली । कैलालीकी ईश्वरी न्यौपानेलाई कांग्रेसले सभामुखको उम्मेदवार बनाउने तयारी गरेको छ । यद्यपि, औपचारिक निर्णय भएको छैन।

पार्टीभित्र न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउनेबारे छलफल भएको कांग्रेसका एक पदाधिकारीले बताए ।

उनले भने, ‘उहाँ ईश्वरी लाई उम्मेदवार बनाउने विषयमा छलफल भइरहेको छ । निर्णय भएको छैन । हामी माधवजीहरूसँग पनि छलफल गर्देछौं ।’

उनले अन्य सहयोगी दलहरूसँग सहमति गरेर अघि बढ्ने बताए । पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको थियो ।

सत्ता गठबन्धनको तर्फबाट एमालेले देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । न्यौपाने कैलाली टीकापुरकी हुन् ।

अघिल्लो पटक पराजित उनी यस पटक समानुपातिक मार्फत सांसद भएकी हुन् ।


४ माघ २०७९, बुधवार १३:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु