punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उपप्रधान तथा उर्जा मन्त्रीमा राजेन्द्र लिङदेन: शपथ लिनुअघि भने, अग्नि परीक्षामा होमिने निर्णय गरेँ

Chaupati
safha napa

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री भएका छन्। यस्तै राप्रपाबाटै धुव्रबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र विक्रम पाण्डे सहरी विकास मन्त्री हुने भएका छन्।

शपथ लिने तयारीमा रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेको बताएका छन्।

‘आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ’, उनले ट्वीटरमा लेखेका छन्,‘जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो। प्रिय जनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु ! धैर्यता र सहयोगका लागि अपिल गर्दछु !’राप्रपा ३ मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी हुँदै छ।

राप्रपाले सरकारलाई समर्थन गरे पनि कसको नेतृत्वमा सरकारमा जाने भन्ने टुंगो लगाएको थिएन। अध्यक्ष लिङ्‍देनले आफूले चाहेको मन्त्रालय प्राप्त गरेपछि भने उनकै नेतृत्व राप्रपा सरकारमा सामेल हुन लागेको हो


३ माघ २०७९, मंगलवार ११:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु