punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा

Chaupati
safha napa

काठमाडौं : कास्कीको पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त सोमबार राष्ट्रिय शोक घोषणा गरिएको छ। सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने जनाएको छ। विमान दुर्घटनालगत्तै आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार शोक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो। ‘सोमबार अत्यावश्यकबाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको छ’, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने।

सरकारले शोक बिदा दिए पनि परीक्षाका पूर्वनिर्धारित कार्यक्रम नरोकिने त्रिभुवन विश्वविद्यालयले जनाएको छ।

काठमाडौंबाट पोखराका लागि ६८ यात्रु र ४ चालक दलका सदस्यसहित उडेको यति एयरको एआरटी ७२ विमान पोखरा महानगरपालिका–१५ नयाँ गाउँस्थित सेती नदीखोचमा दुर्घटना भएको थियो।


२ माघ २०७९, सोमवार ०९:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु