punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आजकाे माैसम: पहाडी भागमा सामान्य बदली, तराइमा हुस्सु र कुहिरो

Chaupati
safha napa

काठमाडौँ – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

देशको प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका तराइका भू-भागमा हुस्सुरकुहिरो रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, मधेस प्रदेशलगायत बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, आज राती देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू(भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

साथै, आज देशभर पहाडी तथा हिमाली धेरै भु-भागहरूमा र तराईका केही भू(भागहरुमा बादल लागेर तथा तराईका थोरै भू-भागहरूमा बिहानीपख हुस्सुरकुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य , सडक तथा हवाई यातायातमासमेत सामान्य प्रभाव पर्नसक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।


१ माघ २०७९, आइतवार ०९:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु