punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१८ दिन देखी बेपत्ता डडेल्धुराका ८ बर्षिय बालकको पुरिएको अवस्थामा शव फेला, हत्या आशङ्कामा आमा नियन्त्रणमा

Chaupati
safha napa

कैलाली । १८दिन देखी बेपत्ता भएका डडेल्धुराको आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको शव फेला परेको छ । प्रहरीले शङ्कास्पद स्थल उत्खनन गरेर बालकको शव निकालेको हो ।
बोहरा १२ पुसदेखि घरपरिवारको सम्पर्कमा थिएनन् । उनको परिवारले समेत उनी हराएको प्रहरीलाई जानकारी दिएका थिएनन्। पुस २७ गते स्थानीयले प्रहरीलाई बालक सम्पर्कमा नरहेको बताएका थिए । स्थानीयको भनाइ पछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीले केही स्थानीय सँग सोधपुछ गर्दा उनको हत्या भएको हुन सक्ने अनुमान गरेको थियो । प्रहरीले सोही अनुसार अनुसन्धान गरेर शंकास्पद स्थलको उत्खनन गर्दा बालकको शव फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक निरीक्षक गङ्गादत्त बडूले जानकारी दिए ।

बालकका बुबा रोजगारीका लागि घर बाहिर छन्। घरमा आमा, सौतेनी आमा र एक जना उनका दाइ छन्। घर परिवारबाटै उनको हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले दुबै आमालाई पक्राउ गरेको छ ।


३० पुस २०७९, शनिवार १२:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु