punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सन्दीपको धरौटी तिर्ने प्रक्रिया सुरू, साढे २ सम्ममा छुट्ने

Chaupati
safha napa

राष्ट्रिय क्रिकेट टिममा पूर्वकप्तान सन्दीप लामिछाने साढे २ बजे रिहा हुने भएका छन् । पाटन उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएबमोजिम धरौटी तिरेर साढे २ बजे छुट्ने भएका हुन् ।

अदातलले सन्दीपलाई सर्त सहितको २० लाख धरौटी तिरेर तारिखमा बसेर मुद्धा अगाडि बढाउन आदेश दिएको छ । अहिले रिहाइको प्रक्रिया भइरहेको सन्दीपका कानुन व्यवसायी सरोज कुमार घिमिरेले बताए । उच्च अदालतले मागेको २० लाख धरौटी बुझाउनका लागि परिवारले रकम जम्मा गरिसकेको उनले बताए ।

उनले भने,’त्यही अनुसार धरौटीको रकमको व्यवस्था उनको परिवारले गर्दैछ ।अबको प्रकिया उच्च अदालतबाट फाइल जिल्ला अदालत गइसकेको अवस्था छ । जिल्ला अदातलमा धरौटी जम्म गरिसकेपछि जिल्ला अदालतको पत्र लिएर केन्द्रीय कारागारमा आउनेछन् ।’

कारागारको आन्तरिक प्रकियाहरु पुरा गरेर सन्दीपको स्वास्थ्य परीक्षण हुनेछ ।कानुन व्यवसायी घिमिरेका अनुसार सन्दीपले फेरि तारिख लिनुपर्ने हुन्छ । तारिख लिनका लागि जिल्ला अदालतमा गएर ल्याउनुपर्ने हुन्छ ।त्यसपछि रिहा हुनेछ ।

घिमिरेले अदालतले दिएको सर्तहरुको बारेमा सन्दीपलाई जानकारी गराइसकेको बताए । पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले बिहीबार सन्दीपलाई २० लाख धरौटी माग गरेका थियो ।


२९ पुस २०७९, शुक्रवार १२:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु