punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सरकारका विषयमा नागरिक उन्मुक्तिले आज निर्णय गर्ने, तीन मन्त्रालय सहित ६ पदमा दाबी

Chaupati
safha napa

कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने वा नहुने भन्ने बिषयमा आज निर्णय गर्ने भएको छ । बिहान १० बजे पछि संसदीय दलका बैठकले सरकारका विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएको छ ।

हिजो एमाले संसदीय दलका नेता राजेन्द्र रावललाई मुख्यमन्त्रीमा समर्थन गरेको नागरिक उन्मुक्ति आज सरकारका बिषयमा प्रस्ट हुने छ । अहिले सम्म तीन मन्त्रालय, दुई सभापति र एक उपसभामुखको पदम आफ्नो पार्टीको दाबी गरेको नागरिक उन्मुक्ति संसदीय दलका नेता रामेश्वर चौधरीले बताए । मन्त्रालयका बिषयमा भने दलको बैठकले निर्णय गर्ने उनले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीका ७ सांसद छन् । हिजो मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता रावलले यी ७ सहित २९ जनाको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

प्रदेश प्रमुख देवराज जोशीले रावललाई हिजै मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् । आज शपथ ग्रहण हुने छ ।त्यस लगत्तै सानो मन्त्रीमण्डलको पनि तयारी भइरहेको छ ।

सरकारमा जाने अवस्था आए पहिलो चरणमा कसलाई सरकारमा पठाउने भन्ने बारे पनि नागरिक उन्मुक्तिले संसदीय दलका आजै छलफल गर्ने छ ।


२८ पुस २०७९, बिहीवार ०८:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु