punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्ड नेतृत्वको गठबन्धनलाई रेशम चौधरीको २ बजे सम्मको अल्टिमेटम, लिखित सम्झौता नगरे गठबन्धनमा नरहने चेतावनी

Chaupati
safha napa

कैलाली । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी आफूलाई छुटाउने बारे प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लिखित सम्झौताको माग गरेका छन् । उनले दिउसो २ बजे सम्म यस बिषयमा ठोस निर्णय नभए आफू त्यस गठबन्धनमा नरहने जनाएका छन् ।

आज डिल्लीबजार कारागारमा सांसद र आफू निकटका नेताहरूलाई रेसमले उक्त कुरा बताएका हुन् ।
लिखित प्रतिबद्धता आएमा अहिलेको गठबन्धन कायम रहन्छ नभए गठबन्धन अर्को हुन्छ बैठकमा सहभागी एक नेताले भने ।

अहिले  सुदूरपश्चिम प्रदेश लगायत तीन प्रदेशमा मुख्यमन्त्री चयन हुँदै छन् । सुदूरपश्चिम र लुम्बिनीमा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पाटीको उपस्थिति रहेको छ । सुदूरपश्चिम प्रदेशमा रेशम चौधरीको पार्टीले जुन गठबन्धनलाई साथ दिन्छ त्यहि गठबन्धनको सरकार बन्ने देखिन्छ । अहिले सम्म नागरिक उन्मुक्ति मौन बसिरहेको छ । यस्तो अवस्थामा कांग्रेस संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने छन् ।


२७ पुस २०७९, बुधवार १३:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु