punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मुख्यमन्त्रीमा रावलको दाबी पेश गर्न केन्द्रीय नेताहरू धनगढीमा

Chaupati
safha napa

कैलाली । आज सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्न अन्तिम दिन हो । एमाले र माओवादी केन्द्रका केन्द्रीय नेताहरू अहिले धनगढी पुगेका छन् ।

एमालेका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट, माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज खगराज भट्ट, माओवादीका बिना मगर लगायतका नेताहरू धनगढी पुगेका छन् ।
उनीहरुको सहभागितामा आजै एमालेका नेता रावलले दाबी पेश गर्ने तयारी गरेका छन् । आज साझ ५ बजे सम्म बहुमत प्रदेश सभा सदस्यहरु साथमा प्रदेश प्रमुखमा दाबी गर्नु पर्ने हुन्छ ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमत पुराउन २७ सांसद आवश्यक छ । केन्द्रीय गठबन्धन अनुसार एमाले, माओवादी , नागरिक उन्मुक्ति र राप्रपा मिल्दा २७ हुन्छ।

यहाँ कांग्रेस र नेकपा एकीकृत समाजवादीले नागरिक उन्मुक्तिलाई मिलाएर बहुमत पुराने प्रयास पनि गरिरहेका छन् । यहाँ कांग्रेस र नेकपा एकीकृत समाजवादीसँग नागरिक उन्मुक्ति मिल्दा ३१ हुन्छ


२७ पुस २०७९, बुधवार १३:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु