punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गगनले संसदको पहिलो बैठकमै देखे प्रचण्डको अलमल

Chaupati
safha napa

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रतिनिधिसभा विघटन प्रतिगमन थियो कि थिएन भन्ने बहस फेरि सुरु भएको बताएका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक ठाउँमा अप्ठ्यारोमा परेको बताए ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले बोल्दा एकअर्कालाई समर्थन गरेको तर एउटा अवस्थामा प्रचण्ड अलमलमा परेको आफूले देखेको उनले सुनाए । संसद बैठकपछि थापाले भने, ‘(ओलीले) प्रतिनिधिसभा विघटन जनताको पक्षमा थियो, त्यसलाई प्रतिगामी भन्नेहरु नै प्रतिगामी हुन् भन्दै गर्दा प्रधानमन्त्री टेबल ठोकौं कि नठोकौं भनेर अलमलमा परेको देख्दा चाहिँ सहानुभूति लाग्यो ।’

यो सामान्य अलमल नभएको र ओली र प्रचण्डबीच विग्रहको कारक बन्नसक्ने उनको दाबी छ ।

यो नेपालको संविधान र संविधानिक व्यवस्थलाई कसरी लिने भन्नेसँग जोडिएको भन्दै उनले भने, ‘आजको पहिलो बैठकमा उहाँहरुले गरेको सम्बोधनले के संकेत गर्छ भने जुन विषय अघिल्लो प्रतिनिधिसभामा उहाँहरुको बीचको विग्रहको कारक बन्यो, यो विषयको विजारोपण आज भयो र यो नै विग्रहको कारण बन्छ ।’


२५ पुस २०७९, सोमवार १६:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु