punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा माओवादीबाट निर्वाचित वडाध्यक्षले राजीनामा दिएर नेकपा बहुमतमा प्रवेश

Chaupati
safha napa

कैलाली । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–८ का वडा अध्यक्ष बहादुर सिंह महराले पदबाट राजीनामा दिएका हुन्।
जनचाहना र जनभावना विपरीतका कार्यहरू भइरहेको र किनाराको साक्षी बस्दा जनमतको अपमान हुने भन्दै उनले पदबाट राजीनामा दिएका हुन् ।
शुक्लाफाँटा नगरपालिकाको १२ औँ नगर अधिवेशनमा नगर प्रमुख रणबहादुर महरालाई उनले राजीनामा पत्र बुझाए।

वैशाख ३० मा सम्पन्न स्थानीय तह चुनावमा उनी नेकपा माओवादी केन्द्रका तर्फबाट दोस्रो पटक वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए।

नगरप्रमुख रणबहादुर महरालाई बुझाएको पत्रमा निरन्तर रुपमा जनचाहना र जनभावना विपरीतका कार्यहरू भइरहेको र किनाराको साक्षी बस्दा जनमतको अपमान हुने भएकोले राजीनामा दिएको उनले उल्लेख गरेका छन्।

No description available.

महराले माओवादी केन्द्रसमेत परित्याग गरेका छन्। नगर कमिटी अध्यक्षलाई उनले पार्टी परित्यागको पत्र पठाएका हुन्। उनी माओवादी छाडेर आजै नेकपा बहुमतमा प्रवेश गरेको सो पार्टीले जनाएको छ।

No description available.


२२ पुस २०७९, शुक्रवार १३:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु