punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा सभामुख निर्वाचनको तालिका सार्वजनिक

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचनको तालिका सार्वजनिक भएको छ । २८ गते हुने सभामुख निर्वाचनको लागि प्रदेश सभा सचिवालयले आज निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

निर्वाचन तालिका अनुसार २७ गते बिहान १०ः३० देखी २ः३० सम्म सभामुख पदमा निर्वाचन गरियोस् भनी प्रस्ताव दर्ता हुने छ । सोही दिन उम्मेदवारको नामावली प्रकाश, दाबी विरोध, फिर्ता र अन्तिम नामावली सार्वजनिक हुने छ ।

२७ गते अन्तिम नामावली प्रकाशन गरे पनि २८ गते दिउँसो १ बजे निर्वाचन गर्ने तयारी प्रदेश सभा सचिवालयले गरेको छ । प्रदेश सभाको पहिलो बैठकमा ज्येष्ठ सदस्य मान बहादुर रावलले २८ गते सभामुखको निर्वाचन गर्न प्रदेश सभा सचिवालयलाई निर्देशन दिएका थिए ।

दोस्रो कार्यकालको पहिलो बैठक १८ गते बसेको थियो ।


२० पुस २०७९, बुधवार १४:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु