punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा आज शपथ ग्रहण, ६ जनाले मातृभाषामा शपथ लिने

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूको आज शपथ ग्रहणको गर्ने भएका छन्।

आज दिउसो १बजे प्रदेश प्रमुख देवराज जोशीले प्रदेश प्रमुख कार्यालयका ज्येष्ठ प्रदेश सभा सदस्य मानबहादुर रावललाई शपथ ग्रहण गराएपछि १ः३५ मा ज्येष्ठ प्रदेश सभा सदस्य रावलले प्रदेशका अन्य ५२ जना प्रदेश सभा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने छन् ।

सुदूरपश्चिम प्रदेश सभा सचिवालयले मातृभाषामा पनि पद तथा गोपनीयताको शपथ ग्रहण गराउने व्यवस्था गरेको छ त्यस अनुसार ६ जनाले आफ्नो मातृभाषा शपथ दिने छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्ष निर्वाचित ५ जना र नेपाली काँग्रेसकी समानुपातिक सांसद एक जनाले मातृ भाषामा शपथ ग्रहणका लागि नाम टिपाएको प्रदेश सभा सचिवालयले जनाएको छ।

सुदूरपश्चिममा नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र एक सांसद छन् ।


१५ पुस २०७९, शुक्रवार ०७:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु