punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सन्दीपको मुद्दा ‘हेर्न नभ्याइएको’ सूचीमा

Chaupati
safha napa

काठमाडौँ। एकजना नाबालिग बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले उच्च अदालतमा दिएको पुनरावेदनको मुद्दामा आज बिहीबार सुनवाई हुन सकेन ।

पाटन उच्च अदालतका न्यायाधीश द्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको सन्दीपको मुद्दा पाँचौँ नम्बरमा रहेको थियो ।
तर सन्दीपको मुद्दा आज ‘हेर्न नभ्याइएको’ सूचीमा राखिएको छ।

काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेशका विरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।

सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत गौशालामा एक नाबालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । भदौ २३ गते काठमाडौँ जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै उनी गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।


१४ पुस २०७९, बिहीवार १५:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु