punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछाममा ४ महिनामा ८० जना क्षयरोगका बिरामी भेटिए

Chaupati
safha napa

पछिल्लो ४ महिनाको अवधिमा अछाममा ८० जना क्षयरोगका बिरामी भेटिएका छन् ।

आर्थिक बर्ष २०७९र०८० को श्रावण देखि कार्तिक सम्मको तथ्याङ्क अनुसार जिल्लामा ८० जना नयाँ क्षयरोगका बिरामी फेला परेका जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुङ्गानाले जानकारी दिए ।

गत आर्थिक वर्षमा अछाम जिल्लामा १ सय ८१ जना क्षयरोगका बिरामी फेला परेका थिए ।

यस्तै मलेरियाका १० जना नयाँ बिरामी समेत यस आर्थिक वर्षमा फेला परेका छन् । अघिल्लो आर्थिक वर्षमा मलेरियाका समेत १ सय ८१ जना बिरामी थिए ।

गत आर्थिक वर्षमा अछाम जिल्ला ५७ जनालाई एचआइभी एड्सको संक्रमण रहेको पुष्टि भएको थियो । सदरमुकाम र साँफेबगरमा क्षयरोग, एचआइभी र मलेरिया सम्बन्धी आयोजना भएको अभिमुखीकरण कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।

जिल्लामा पछिल्लो समय तराई क्षेत्रमा देखा पर्ने रोग समेत देखिन थालेको जनस्वास्थ्य अधिकृत ढुङ्गानाले बताए। नसर्ने रोगका बिरामी समेत बढिरहेको र यो स्वास्थ्य क्षेत्रमा चुनौतीका रुपमा देखा परेको उनले बताए।


१३ पुस २०७९, बुधवार १६:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु