punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा दलका कार्यालय : नेकपा एसलाई पुरानै, कांग्रेसलाई मिटिङ हल र अन्यलाई बिषयगत समिति

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेशमा संसदीय दलको कार्यालय बनाउन कोठा अभाव भएको छ । यस अघि भएका केही दलका कार्यालय धनगढी उपमहानगरपालिकाले सुरु गरेको सडक विस्तारको क्रममा भत्काउनु परेपछि अहिले दलको कार्यालय अभाव सृजना भएको छ ।

केही दिनको लागि अस्थायी रुपमा यहाँ दलको कार्यालय व्यवस्थापन गरिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए । प्रदेश सभा सचिवालयका अनुसार अहिले ४ सिट रहेको नेकपा एकीकृत समाजवादीलाई पुरानै दलको कार्यालय उपलब्ध गराइएको छ ।

सबै भन्दा ठुलो  कार्यालय नेकपा एकीकृत समाजवादीलाई उपलब्ध गराएपछि अहिले सबै भन्दा ठुलो दल नेपाली कांग्रेसको लागि मिटिङ हलमा दलको कार्यालय स्थापना गरिएको छ ।

No description available.

त्यस्तै  अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको कार्यालयमा एमालेको दलको कार्यालय बनाइएको छ भने विधायन तथा प्रदेश मामिला समितिको कार्यालयमा माओवादी केन्द्रको कार्यालय बनाइएको छ ।

No description available.  सार्वजनिक लेखा समिति वा सामाजिक विकास समिति मध्ये एक  कार्यालयमा नागरिक उन्मुक्तिको कार्यालय बनाउने तयारी भइरहेको छ ।

No description available.

एक जना मात्रै सांसद रहेको राप्रपाको लागि प्रदेश सभा सचिवालयले दलको कार्यालय उपलब्ध नगराउने भएको छ । त्यस्तै स्वतन्त्र एक सांसदले पनि दलको कार्यालय पाउने छैनन् ।
सुदूरपश्चिम प्रदेशमा १५ गते पद तथा गोपनीयताको शपथ ग्रहण हुँदै छ ।

 

 


१३ पुस २०७९, बुधवार १५:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु