कैलाली प्रहरी प्रमुख पाल जिल्लामा हाजिर
जिल्ला प्रहरी कार्यालय धनगढीका प्रहरी प्रमुख देवेन्द्रबहादुर पाल हाजिर भएका छन्। प्रहरी प्रमुख पाल सोमबार जिल्लामा हाजिर भएका हुन्। गत पुस ४ गते पालको तालुक प्रहरी प्रधान कार्यालय, मावन श्रोत एमः प्रशासन विभाग, कर्मचारी प्रशासन शाखाबाट कैलाली काज सरुवा भएको थियो।
उनलाई जिल्लामा सोमबार प्रहरी अधिकारीहरुले स्वागत गरेका छन्। कैलाली जिल्लाका प्रहरी प्रमुख शोमेन्द्रसिँह राठोरको ठाउँमा उनको काज सरुवा गरिएको हो।
१२ पुस २०७९, मंगलवार १४:३९ बजे प्रकाशित






























