देउवासँग ‘निर्णायक’ छलफलका लागि बालुवाटारमा प्रचण्ड
आन्तरिक छलफलपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि निर्धारण गरेको समय आज सकिन लागेकाले प्रचण्ड प्रधानमन्त्री देउवासँगको छलफलका लागि बालुवाटार पुगेका हुन् ।
बालुवाटारमा छलफल गर्नुअघि देउवा र प्रचण्डले आ–आफ्ना पार्टीका नेताहरूसँग कुराकानी गरेका थिए । पहिलो कार्यकालमा प्रधानमन्त्री पाउनुपर्ने कांग्रेस र माओवादीको अडानका कारण गठबन्धनमा भागबण्डामा सहमति जुट्न सकेको छैन ।
१० पुस २०७९, आइतवार ११:३१ बजे प्रकाशित






























