punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

छोरी पहिलोपटक महिनावारी भएपछि पत्रकार दम्पतीले दिए पार्टी, केक पनि काटियो

Chaupati
safha napa

काठमाडौं। एक पत्रकार दम्पतीले आफ्नी छोरी पहिलोपटक महिनावारी भएकोमा धूमधामसँग खुसीयाली मनाएका छन् । यो खबर अन्यत्र कतैको नभएर नेपालकै हो ।

राससमा कार्यरत पत्रकार प्रकाश सिलवाल र रेडियो नेपालमा काम गर्ने उनकी पत्नी यशोदा सिलवालले ११ वर्षीया छोरीको महिनावारीलाई उत्सवका रूपमा मनाएका हुन् ।

पत्रकार जोडीले हिजो निकट आफन्त र साथीभाइ सहितको जमघट आयोजना गरेका थिए । कार्यक्रममा बालिकालाई सयपत्री फुलको माला र शिरमा क्राउन पहिर्याइएको थियो ।

बालिकालाई केक काट्न पनि लगाइयो । बालिका र बुवाआमाले एकअर्कालाई केक खुवाए । आगन्तुकहरूले बालिकालाई बधाई दिए ।

यशोदाले आफ्नो फेसबुकमा उक्त सेलिब्रेसनका तस्बिरहरू पोस्ट गरेकी छन् । महिनावारी पाप होइन उत्सव हो भनेर यो कार्यक्रम आयोजना गरेको उनको भनाइ छ ।

कमेन्टमा अधिकांशले गज्जबको काम गरेको भन्दै प्रकाश र यशोदाको वाहवाही गरिरहेका छन् ।


१० पुस २०७९, आइतवार ०९:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु