punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

 विस्फोटक पदार्थमा प्रयोग हुने कच्चा पदार्थ सहित एक जना पक्राउ

Chaupati
safha napa
कैलाली ।   विस्फोटक पदार्थमा प्रयोग हुने कच्चा पदार्थ सहित कैलालीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  जिल्लाको कैलारी गाउँपालिका ३ मोहनपुर स्थित विओपी खोनपुर बाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले  विस्फोटक पदार्थमा प्रयोग हुने कच्चा पदार्थ सहित सोमनारायण गामु डगौरालाई  पक्राउ गरेको हो ।
भारतबाट विस्फोटक पदार्थमा प्रयोग गर्न ल्याइएको कच्चा पदार्थ सहित   डगौरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिए   ।  कैलारी गाउँपालिका ४ का ४७ वर्षीय डगौराले आफ्नो  रा २ प ४२८७ नम्बरको मोटरसाइकलमा कच्चा पदार्थ ल्याइरहेका थिए । उनीसँग प्रहरीले २३ किलो गन्धक, ५किलो सुरा बरामद गरेको हो ।
उनी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

९ पुस २०७९, शनिवार १८:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु