punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा अस्पताल निर्माणमा विवाद, गाउँले बिच कुटाकुट हुँदा ३५ जना घाइते

Chaupati
safha napa
कैलाली । १५ शय्याको अस्पताल निर्माणको विषयमा विवाद हुँदा बैतडीमा गाउँले बिच कुटाकुट भएको छ । दुई वडाका नागरिकहरू बिच भएको कुटाकुटमा ३५ जना घाइते भएको मेलौली नगरपालिकाका प्रमुख भीम बहादुर चन्दले बताए ।
जिल्लाको मेलौली नगरपालिका वडा नम्बर १ र ७ का स्थानीयले आ–आफ्नो वडामा अस्पताल निर्माण गर्नु पर्ने माग राख्दै आएका थिए । सोही विषयमा विवाद भएर हिजो साझ झडप भएको मेयर चन्दले बताए ।
अस्पतालको नाममा वडा नम्बर १ र ७ दुवै ठाउँमा जमिन छ ।  केही समय अघि वडा नम्बर १ का स्थानीयले आफ्नो वडामा अस्पताल बनाउनु पर्ने भन्दै तालाबन्दी गरेका थिए । त्यसका केही दिन पछि पुन वडा नम्बर ७ का स्थानीयले तालाबन्दी गरे ।
दुबैलाई सहमति गरेर थप प्रक्रिया अघि बढाउने बिषयमा छलफल भइरहेका बेला बिहीबार दुवै पक्ष बिच झडप भएको हो ।
 झडपमा वडा नम्बर ७ का २७ जना घाइते भएका छन् भने  वडा नम्बर १ का ८ जना घाइते भएको छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरी जनाएको छ । मेयर चन्दले भने झडपमा सरिया लट्ठी र इट्टाले पनि हानेको हुँदा केहीलाई बढि चोट लागेको बताए ।
नगरपालिकाको सम्मेलनमा सहभागी हुन मेयर उपमेयर दुबै काठमाडौँ गएको बेला यता झडप भएको हो ।
२०७० सालदेखि अस्पताल निर्माणको कुरा उठे पनि स्थानीयहरूको विवादले अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन।

८ पुस २०७९, शुक्रवार १०:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु